मंगलवार, 22 जुलाई 2008

ऐतिहासिक पृष्ठभूमि

प्रख्यात साततले दरबारका साथै मल्लकालीन पुरातात्विक दरबार र प्रसिद्ध भैरवीको मन्दिर, जालपादेवी मन्दिर देवीघाटलगायतका स्थलहरु समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरहरुको धनी मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा र्सार्नु पूर्व यस नगरपालिकाभित्र पर्ने ऐतिहासिक नुवाकोट बजार इतिहासमा पश्चिम १ नं -नुवाकोट, धादिङ र रसुवा) को सदरमुकाम थियो भने पश्चिम १ नं गौंडाको पुरानो व्यापारिक केन्द्र साँगुबजार (हालको त्रिशूली बजार) पनि यस नगरपालिका भित्रको वडा नं १० र ११ मा पर्दछ ।

कोई टिप्पणी नहीं: